काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य पदमा उमेदवारी दर्ता गराएका छन्।
झापा क्षेत्र नम्बर ५ बाट ओलीले उमेदवारी दर्ता गराएका हुन्। उनले आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उमेदवारी दर्ता गराएका छन्। ओली २०७४ सालको निर्वाचनमा पनि झापा ५ बाटै निर्वाचित भएका थिए।