काठमाडौं– अर्थशास्त्री डा. स्वर्णीम वाग्लेलाई नेपाली कांग्रेसले उम्मेदवार नबनाउने निश्चित भएको छ। उनी सिफारिस भएको क्षेत्र चितवन–१ मा अर्का अर्थशास्त्री डा.विश्वनाथ पौडेलले टिकट पाएका छन्।
वाग्लेले काठमाडौं–५ वा गोरखा–१ बाट भए पनि उम्मेदवार बन्ने चाहना देखाएका थिए। कांग्रेसले काठमाडौं–५ बाट प्रदीप पौडेललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।
गोरखा–१ मा भने कांग्रेस उम्मेदवारको टुंगो लागेको छैन। तर सो क्षेत्रमा पनि आफूले टिकट पाउने सम्भावना नरहेको वाग्लेले निकटस्थहरुलाई बताएका छन्।
०७५ सालमा सभापति देउवाबाटै पार्टीको महासमिति सदस्य मनोनित भएका वाग्ले अहिले भने नेता शेखर कोइराला र महामन्त्री गगन थापासँग निकट छन्।