मंगलबार, साउन १९, २०८३

तनहुँ–१ मा गोविन्दराज जोशीले दर्ता गरे मनोनयन

तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका छन्। उनले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन्।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

काठमाडौं– तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका छन्। उनले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन्।

२०७४ सालको निर्वाचनमा पनि उनले उम्मेदवारी दर्ता गराएका थिए। तर पछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो।

उनको भ्रष्टाचारसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ, जुन मुद्दालाई नै कारण देखाएर आयोगले २०७४ मा उनको मनोनयन दर्ता खारेज गरेको थियो।

तनहुँ–१ मा कांग्रेस नेता रामचन्द्र पौडेल सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नेछन्।

प्रकाशित: Oct 09, 2022| 12:06 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...