शुक्रबार, असार ५, २०८३

मन्दिर दर्शनपछि साइत हेरेर उम्मेदवारी दर्ता गराए लिङ्देनले

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा–३ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्। उनले ११ बजेर ३० मिनेटको साइतमा उम्मेदवारी दर्ता गराएको राप्रपाले जनाएको छ।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा–३ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्। उनले ११ बजेर ३० मिनेटको साइतमा उम्मेदवारी दर्ता गराएको राप्रपाले जनाएको छ।

National life

उम्मेदवारी दर्ता गर्न जानुअघि उनले विभिन्न मन्दिरमा गएर दर्शन गरेका थिए।

उनी एमालेको समर्थनमा चुनाव लड्दैछन्। उनको प्रस्तावकमा माधव पोखरेल र समर्थकमा एमालेका लक्ष्मण पाठक बसेका छन्। सो क्षेत्रबाट सत्ता गठबन्धनबाट कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दिएका छन्। अघिल्लो निर्वाचनमा लिङ्देनसँग सिटौला पराजित भएका थिए।

प्रदेशसभातर्फ एमालेले दुवै निर्वाचन क्षेत्रमा राप्रपाको समर्थनमा उम्मेदवारी दिएको छ। प्रदेश क मा वसन्त बानियाँ र ख मा छविलाल चुँडालले उम्मेदवारी दर्ता गएका छन्।

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको प्रत्यक्षतर्फको मनोनयन देशभर आज दर्ता हुँदैछ। निर्वाचन आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ।

Shivam cement



प्रकाशित: Oct 09, 2022| 11:54 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...