मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गायक सञ्जय श्रेष्ठले छाडे राप्रपा, स्वतन्त्रबाट मनोनयन दर्ता गराउँदै

गायक सञ्जय श्रेष्ठले छाडे राप्रपा, स्वतन्त्रबाट मनोनयन दर्ता गराउँदै

उनले सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै पार्टी छोडेको घोषणा गरेका हुन्।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

काठमाडौं- मंसिर ४ गते हुने संसदीय चुनावको टिकट वितरणमा असन्तुष्टि भएपछि गायक सञ्जय श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेका छन्। 

उनले सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै पार्टी छोडेको घोषणा गरेका हुन्। उनले लेखेका छन्, ‘भोलि म आफू पनि स्वतन्त्र रुपमा मनोनयन पत्र दाखिल गर्दैछु। राप्रपालाई म जस्तो व्यक्तिको यदि आवस्यकता छैन भने मेरो भन्नू केही छैन, म आफै राप्रपा छोडेको घोषणा गर्दैछु र म जस्ता हजारौंले आउने दिनमा यहि क्रम दोहोर्‍याउने छन्। भोलिको दिनमा के हुन्छ भन्न सकिन्न।’

स्वतन्त्रबाट चुनाव लड्ने घोषणा गरेका उनले अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पहिले नै टिकट दिने प्रतिबद्धता जनाएको तर बचन पुरा नगरेको पनि जनाएका छन्।

उनी भन्छन्, ‘कसैले पनि आफ्नो उम्मेदवारी दिन हच्किरहेको समयदेखि नै मैले आफ्नो स्वघोषणा गर्दै त्यसपछिका दिनमा मैले राप्रपालाई आफू उठ्छु भन्ने जानकारी गराएको थिएँ। त्यस बिचमा आफ्नै आँखा अगाडि कैयन जना त्यस पार्टीमा भित्रिए , सिधै विभिन्न पद पाए ‘तर म र म जस्ता पार्टीमा आस्था राख्ने अरु धेरै व्यक्तिहरुलाइ नजरअन्दाज गरियो।’

काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा चुनाव लड्ने आफ्नो अडान यथावत नै रहेको बताएका श्रेष्ठले  ‘स्वतन्त्र’को बाटो देखाइदिएको भन्दै राप्रपाका पार्टी अध्यक्ष लिङदेललाई धन्यवाद पनि दिएका छन्। उनले सामाजिक सञ्जाल मार्फत आइतबार १२:३० मा स्वतन्त्र मार्फत मनोनयन दर्ता गराउँदै छन्।

प्रकाशित: Oct 09, 2022| 11:48 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...