बुधबार, असार ३, २०८३

स्व. खुमबहादुर खड्काका छोरा अनुराग दाङ १ (ख) बाट चुनाव लड्ने

सत्तारुढ गठबन्धनले दाङमा उम्मेदवारको टुंगो लगाएको छ। प्रतिनिधि सभातर्फ दाङ क्षेत्र नं १ मा नेकपा एस, २ मा माओवादी र ३ मा नेपाली कांग्रेसलाई भाग परेको छ।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

काठमाडौं- सत्तारुढ गठबन्धनले दाङमा उम्मेदवारको टुंगो लगाएको छ। प्रतिनिधि सभातर्फ दाङ क्षेत्र नं १ मा नेकपा एस, २ मा माओवादी र ३ मा नेपाली कांग्रेसलाई भाग परेको छ। 

National life

भागवन्डा अनुसार क्षेत्र नम्बर १ मा एसबाट मेटमणी चौधरी, २ मा माओवादीबाट रेखा शर्मा र ३ मा कांग्रेसका दीपक गिरी उम्मेदवार बनेका छन्।

प्रदेश सभातर्फ सत्ता गठबन्धनबाट क्षेत्र नम्बर १ (क) मा माओवादीका इन्द्रजित थारु र (ख) मा नेपाली कांग्रेसका अनुराग खड्कालाई उम्मेदवार बन्ने भएका छन्। इन्द्रजित लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री छन् भने अनुराग कांग्रेस नेता स्व. खुमबहादुर खड्काका छोरा हुन्।

त्यस्तै क्षेत्र नम्बर २ (क) मा नेपाली कांग्रेसका राजु खनाल र २ (ख) मा कांग्रेसकै प्रचण्ड विक्रम न्यौपानेले टिकट पाएका छन्। 

त्यस्तै क्षेत्र नम्बर ३ (क) मा कांग्रेसका डिल्लीबहादुर चौधरी र (ख) मा नेकपा माओवादी केन्द्रका धनबहादुर मास्कीले टिकट पाएका छन्।

Shivam cement

नेकपा एमालेले क्षेत्र नम्बर १ को संघीय उमेदवार शान्ता चौधरी, १ (क) बाट गंगाराम भट्टराई र (ख) बाट कुलबहादुर केसीलाई एमालेले उमेदवार बनाएको छ।

यसैगरी क्षेत्र नम्बर २ मा महासचिव शंकर पोखरेल, प्रदेशतर्फ २ (क) मा बलिभद्र राना र २ (ख) मा गिरिराज केसीलाई उमेदवार बनाएको छ। क्षेत्र नम्वर ३ मा कोमल वलीलाई संघ र ३ (क) मा घनश्याम पाण्डेय र (ख) मा जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतलाई उमेदवार बनाएको छ।

प्रकाशित: Oct 09, 2022| 10:45 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...