मंगलबार, साउन १९, २०८३

मधेस प्रदेशमा माओवादीलाई सात सिट, कहाँ-कहाँ पायो भाग?

नेकपा माओवादी केन्द्रले मधेश प्रदेशमा सात सिट पाएको छ।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रले मधेश प्रदेशमा सात सिट पाएको छ। सत्ता गठबन्धनको भागबन्डामा माओवादी केन्द्रले मधेस प्रदेशमा प्रतिनिधि सभातर्फ सात क्षेत्रमा उम्मेदवारी दिन पाउने भएको हो। 

मंसिर ४ मा हुने चुनावअन्तर्गत माओवादी केन्द्रले प्रतिनिधि सभातर्फ महोत्तरी–१, धनुषा १, बारा ३, सर्लाही–२ र ३, सिरहा ३ र बारा २ मा उम्मेदवारी दिन पाउने भएको हो। 

गठबन्धनमा जसपा बाहिरिएर लोसपा भित्रिएपछि माओवादीलाई दुई स्थानमा फाइदा भएको छ। जसपासहित पाँच दलीय सत्ता गठबन्धन हुँदा माओवादीले पाँच सिट मात्र पाउने चर्चा रहेको थियो।

माओवादीले २०७४ मा पाँच सिट जितेको थियो। २०७४ मा माओवादीको एमालेसँग चुनावी तालमेल थियो।

प्रकाशित: Oct 09, 2022| 09:30 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...