काठमाडौं- नेपाली कांग्रेसले काठमाडौं जिल्लामा प्रतिनिधिसभातर्फका उम्मेदवार टुंगो लगाएको छ।
महामन्त्री गगन थापा काठमाडौं ४ बाट उम्मेदवार बन्ने भएका छन्। काठमाडौं ३ मा सन्तोष चालिसे र काठमाडौं ५ मा प्रदीप पौडेललाई उम्मेदवार बनाउने भएको छ।
चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर हुन् भने पौडेल कांग्रेसका केन्द्रीय सदस्य हुन्। २०७४ सालको चुनावमा पौडेल गण्डकी प्रदेशसभाको चुनावमा तनहुँ २ (ख) बाट प्रदेशसभामा पराजित भएका थिए।
कांग्रेसबाट काठमाडौं–१ मा प्रकाशमान सिंह, काठमाडौं–६ मा भीमसेनदास प्रधान र काठमाडौं–१० राजेन्द्र केसी उम्मेदवार तय भएका छन्।
गठबन्धनमा भागबण्डा गर्दा कांग्रेसको भागमा काठमाडौंको निर्वाचन क्षेत्र १, ३, ४, ५, ६ र १० परेका छन्।