मंगलबार, साउन १९, २०८३

परिवार दलका एकनाथ ढकाल एमालेको समानुपातिक सूचीको दोस्रो नम्बरमा

नेपाल परिवार दलका अध्यक्षसमेत रहेका युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) का प्रचारक एकनाथ ढकाललाई नेकपा एमालेले समानुपातिक सूचीमा ढकाल खसआर्य पुरुष क्लस्टरको दोस्रो नम्बरमा छन्।
 |  शनिबार, असोज २२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २२, २०७९

काठमाडौं- नेपाल परिवार दलका अध्यक्षसमेत रहेका युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) का प्रचारक एकनाथ ढकाललाई नेकपा एमालेले समानुपातिक सूचीमा ढकाल खसआर्य पुरुष क्लस्टरको दोस्रो नम्बरमा छन्।

यो क्लस्टरको पहिलो नम्बरमा भने स्थायी कमिटी सदस्य रघुजी पन्त छन्। ढकाल दोस्रो नम्बरमा भएकाले समानुपातिक सांसद बन्ने लगभग पक्का जस्तै छ। २०७४ मा पनि ढकाललाई एमालेले समानुपातिक सूचीमा राखेको थियो।

तर त्यसबेला पाँचौं नम्बरमा ढकालको नाम रहेकाले सांसद बन्‍न पाएनन्। माओवादी केन्द्रसँग तालमेल गर्दा त्यसबेला प्रत्यक्षतर्फ एमालेले १६५ मध्ये ८० सिट जितेको थियो। 

प्रत्यक्षतर्फ धेरै पुरुष उम्मेदवार निर्वाचित भएकाले कम्तीमा ३३ प्रतिशत महिला सांसद पुर्‍याउन समानुपातिक पद्धतिबाट धेरै महिला निर्वाचित भएका थिए। त्यसैले खसआर्य पुरुषतर्फ एक जना मुकुन्द न्यौपाने मात्र समानुपातिक पद्धतिबाट सांसद भए।

यसपटक भने एमालेले ढकाललाई लगभग सांसद बनाउने सुनिश्चितता सहित समानुपातिक बन्द सूचीमा राखेको छ। ढकाललाई समानुपातिक सूचीमा राख्न एमालेले आफ्ना नेता तथा कार्यकर्ताका लागि बनाएको मापदण्ड समेत पालना गरेको छैन।

यसअघि समानुपातिक सूचीमा परेकाहरुलाई नदोहोर्‍याउने नीतिकै कारण एमालेका कयौ नेताले यसपटक समानुपातिक सूचीमा बस्न पाएका छैनन्। तर ढकालको हकमा भने एमालेले उक्त मापदण्ड पालना गरेन।

जबकी ढकाल राष्ट्रिय राजनीतिमा विवादास्पद व्यक्ति हुन्। धर्म प्रचारक संस्थासँग संलग्न ढकालले एमालेकै नेताहरुलाई समेत विवादित बनाएका थिए। २०७५ को मंसिरमा राजधानी काठमाडौंमा आयोजित एक सम्मेलनमा नेताहरुलाई नै ‘होली वाइन’ खुवाउने प्रबन्ध गरेको भन्दै उनको आलोचना भएको थियो।

ढकालकै अग्रसरतामा भएको उक्त धर्म प्रचारक संस्थाको सम्मेलनमा भाग लिएको भनी कम्युनिष्ट नेताहरुको आलोचना भयो। एमाले अध्यक्ष केपी शर्मा ओलीले त उक्त धार्मिक संस्थाबाट एक लाख डलरको ‘लिडरसीप एण्ड गुड गभर्नेन्स’ अवार्डसमेत लिएका थिए।


प्रकाशित: Oct 08, 2022| 18:35 शनिबार, असोज २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...