बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

ट्रेजेडी किङ् दिलिप कुमार पुन : अस्पताल भर्ना

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

himalayan bank box
Metro Mart
vianet
काठमाडौं- बलिवुड अभिनेता दिलिप कुमार (९५) यतिखेर मुम्बइको लिलावती अस्पतालमा भर्ना भएका छन्। डाक्टरको अनुसार दिलिप कुमारको छातीमा संक्रमण देखाएको छ। 

यसैवर्ष फरबरीमा उनी बिरामी परेका थिए। त्यही बेला शाहरुख खान उनलाई भेट्न गएका थिए। अगस्त २०१७ मा किड्नीको इन्फेक्शन कारण करिब एक हफ्ता अस्पतालमा राखिएको थियो। 

फेरि नोबेम्बर २०१७ मा पनि उनलाई माइल्ड निमोनिया भएको पनि थियो। डा. ले उनलाई घरमा आराम गर्ने सल्लाह दिएका थिए। दिलिप कुमारको बास्तविक नाम यूसुफ खान हो। उनको जन्म ११ दिसेम्बर १९२२ मा पेशावर भन्ने ठाउमा भएको थियो। उनको सुरुवाती पढाइ नासिकमा भएको थियो। 

१९३० मा मुम्बई आएका थिए। ६ दशक लामो फिल्म यात्रामा उनले ज्वारभाटा, गंगाजमुना, अन्दाज, दाग देवदास, आजाद, नया दौर, मधुमती, कोहिनुर, राम और श्याम, जस्ता फिल्म खेलेका थिए। मुगल ए आजम उनको करियरको सबैभन्दा हिट फिल्म थियो। 

उनले १९७६ मा फिल्मबाट ५ वर्षका लागि सन्यास पनि लिएका थिए। लामो अन्तराल पछि उनले १९८१ म फिल्म क्रान्तिमा चरित्र अभिनेतामा देखिए। यसपछि उनले कर्मा, शक्ति, सौदागर जस्ता फिल्ममा काम गरे। 

उनको आखिरी फिल्म किला १९९८ मा आएको थियो। उनलाई बलिवुडले ट्रेजेडी किङ्गका नामले पनि चिनिन्छिन्। दिलिप कुमारले ९ फिल्म फेयर अवार्ड जितेका छन्। १९५३ मा उनले दाग फिल्मबाट बेस्ट एक्टर जितेका थिए। 

१९९१ म पद्यभूषण र २०१५ मा पद्यविभूषणले सम्मान पाएका थिए। १९५४ मा उनले दादा साहेव फाल्के अवार्ड पनि  पाइसकेका थिए । १९९७ मा पाकिस्तान सरकारले उनलाई निशान ए इम्तियाजले सम्मान गरेको थियो। 

दिलिप कुमारको नाम लामो समय मधुबाला हिरोइनसँग प्रेममा थिए। तर उनले विवाह भने गरेनन्। आफु भन्दा २२ वर्ष कान्छी सायरा बानोसँग उनले बिबाह गरेका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्