मंगलबार, साउन १९, २०८३

सभामुखले छाडे सरकारी निवास

सभामुख अग्निप्रसाद सापकोटाले शनिबारदेखि सरकारी सेवा सुविधा छाडेका छन्। सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्केको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।
 |  शनिबार, असोज २२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २२, २०७९

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले शनिबारदेखि सरकारी सेवा सुविधा छाडेका छन्। सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्केको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।  

यसैबीच, सभामुख सापकोटाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। 

सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा आयोजित पत्रकार भेटघाटमा उनले राजनीतिक दलभित्र उम्मेदवारको टिकटका लागि तीव्र प्रतिस्पर्धा  भएका बेलामा आफूले युवा पुस्तालाई अवसर प्रदान गरी नेतृत्वमा पु¥याउन सहयोग गर्ने हेतुले यस पटक उम्मेदवारी नदिने निर्णय गरेको बताए। 

सभामुख सापकोटाले भने, ‘आगामी निर्वाचनमा मेरो जीत सुनिश्चित नै थियो, युवालाई नेतृत्वमा ल्याउन ब्रह्मले देखेर यो त्यागको  निर्णय गरेको हुँ। हार्छु भनेर नउठ्ने घोषणा गरेको होइन। देश र जनताको हितका लागि अधिकतम समर्पित रहनेछु। अन्तिम घडीसम्म राजनीतिमै सक्रिय रहनेछु।’

निरन्तर १५ वर्षसम्म जनप्रतिनिधिको भूमिकामा पुर्याउने मतदाता र  जनताप्रति आभार व्यक्त गर्दै उनले  आगामी दिनमा पनि जनताको समस्या र मुलुकको विकासका लागि सक्रियताका साथ काम गर्ने विश्वास दिलाए। सभामुख सापकोटाले भने, ‘मेरो यो निर्णय निरन्तरतामा  क्रम भङ्गता हो, आशा छ मेरो यो कदमले राजनीतिक रुपान्तरणका लागि नयाँ रक्त सञ्चार गर्नेछ।’

सिन्धुपाल्चोकबाट २०६४, २०७० र २०७४ सालमा लगातार संसद् सदस्यमा निर्वाचित सभामुख सापकोटासँग यसअघि सूचना तथा सञ्चार र वन तथा भू– संरक्षणमन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव छ। विसं २०७६ माघ १२ गते उहाँ सर्वसम्मतरुपमा सभामुखमा निर्वाचित भएका थिए। 

संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील भइरहने उल्लेख गर्दै सो अवसरमा उनले अग्रगामी राजनीतिक अभियानमार्फत आम नेपाली नागरिकको समुन्नतिका लागि बुद्धि र विवेकले भ्याएसम्म काम गर्ने अठोट व्यक्त गरे। 

सभामुख सापकोटाले भने, ‘राज्य र जनताले आवश्यक ठानेमा जुनसुकै जिम्मेवारी बहन गर्न तयार छु। राजनीतिक एवं सामाजिक मञ्चमार्फत सबै नेपालीको स्वाभिमान र आत्मविश्वास उचो बनाउन मेरो सक्रियतामा कुनै कमी आउन दिने छैन। मानव जातिको उन्नतिका लागि परिश्रम गर्नु मेरो जीवनको आदर्श हो।’



प्रकाशित: Oct 08, 2022| 18:10 शनिबार, असोज २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...