मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अष्टलक्ष्मीले ओलीलाई भनिन्- मैले संसदीय राजनीति छोडें, काठमाडौं-८ मा विकल्प खोज्‍नुस्

अष्टलक्ष्मीले ओलीलाई भनिन्- मैले संसदीय राजनीति छोडें, काठमाडौं-८ मा विकल्प खोज्‍नुस्

नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले काठमाडौं-८ मा प्रतिनिधि सभा चुनावका लागि आफ्नो विकल्प खोज्‍न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेकी छन्।
 |  शनिबार, असोज २२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २२, २०७९

काठमाडौं- नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले काठमाडौं-८ मा प्रतिनिधि सभा चुनावका लागि आफ्नो विकल्प खोज्‍न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेकी छन्। उनले आफू अब करिब ७० वर्ष भइसकेको र यसअघि नै अब चुनाव नउठ्ने भनिसकेको उल्लेख गर्दै पार्टीले विकल्प खोज्‍नुपर्ने बताएकी हुन्।

अध्यक्ष ओलीले काठमाडौं- ८ का लागि शाक्यको नाम टुंगो लगाएका थिए। उनले भनिन्, 'मैले पहिले नै अब म उठ्दिन भनेको थिएँ, कुनै अन्यथा होइन अब म करिब ७० वर्ष भइसकें एउटै मान्छे कतिपटक मन्त्री, सांसद, प्रधानमन्त्री हुने? अब नयाँलाई विकल्प दिनुपर्छ भनेको छु।'

उनले अब आफूले उम्मेदवारी नदिने बताएकी हुन्। उनले संसदीय राजनीति छोडे पनि पार्टीको राजनीतिक काम भने जारी जनाएकी छन्। 

शाक्यले यसअघि नै नउठ्ने भनेपनि अध्यक्ष ‌ओलीले हरेक क्षेत्रमा जित्‍ने सम्भावना भएका व्यक्तिको सूची तयार गर्दा शाक्यलाई पनि उठाउने निर्णयमा पुगेका थिए। शाक्यले यसै क्षेत्रबाट विगतमा प्रतिनिधि सभामा पनि सांसद बनेकी थिइन्। गत चुनावमा वागमती प्रदेश सभामा उठेकी थिइन्। उनी बागमतीको मुख्यमन्त्री समेत भइन्।

शाक्यले आइतबार हुने मनोनयनमा आफू अर्को उम्मेदवारसहित मनोनयन दर्ता र्‍यालीमा सहभागी हुने जानकारी दिइन्।

प्रकाशित: Oct 08, 2022| 17:57 शनिबार, असोज २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...