बुधबार, असार ३, २०८३

निर्वाचनको दिन नेपाल बन्दजस्तो हुँदैन: आयोग

आगामी मंसिर ४ गते हुने निर्वाचनमा यातायातका साधन व्यवस्थित ढंगले सञ्चालन गर्न दिने निर्वाचन आयोगले बताएको छ।
 |  शनिबार, असोज २२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २२, २०७९
National life
Shivam cement

काठमाडौं– आगामी मंसिर ४ गते हुने निर्वाचनमा यातायातका साधन व्यवस्थित ढंगले सञ्चालन गर्न दिने निर्वाचन आयोगले बताएको छ। आयोगले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानका दिन पनि यातायात चल्न दिने बताएका हुन्। 

विगतका निर्वाचनमा मतदानका दिन सार्वजनिक सवारीको प्रयोगमा रोक लागाइने गरेको थियो। आवश्यक पर्नेले सिफारिसपत्र बनाएर मात्र सावरी चलाउन पाउँथे। निर्वाचनको दिन अशक्त तथा वृद्धवृद्धालाई असहज हुने भएकोले पनि उक्त दिन सवारी चल्न दिइने प्रमुख आयुक्त थपलियाले बताएका छन्।

‘अशक्त तथा वृद्धवृद्धा लगायतलाई लक्षित गरेर मंसिर ४ गतेको दिन हामीले व्यवस्थित ढंगले यातायत सञ्चालन गर्ने भन्ने निर्णय गरेका छौं। त्यसका लागि निर्वाचन आयोग, यातायात व्यवस्था विभाग, गृह मन्त्रालय, नेपाल प्रहरी सम्मिलित एउटा कार्यदल गठन गरेका छौं। त्यसले दिएको सुझावका आधारमा आयोगले व्यवस्थित ढंगले यातायात सञ्चालन गर्न अनुमति दिन्छ,’ थपलियाले भने, ‘विगतमा जस्तो निर्वाचनको दिन हो कि नेपाल बन्दको दिन हो भन्ने कुरा सुन्नुपर्ने छैन।’

प्रकाशित: Oct 08, 2022| 17:25 शनिबार, असोज २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...