मंगलबार, साउन १९, २०८३

कांग्रेस र लोसपाका नेताहरुबीच बालुवाटारमा छलफल

आगामी निर्वाचनमा सिट बाँडफाँटको विषयमा सहमति जुटाउन नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु निरन्तर छलफलमा जुटिरहेका छन्।
 |  शनिबार, असोज २२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २२, २०७९

काठमाडौं- आगामी निर्वाचनमा सिट बाँडफाँटको विषयमा सहमति जुटाउन नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु निरन्तर छलफलमा जुटिरहेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा सिट बाँडफाँटको विषय टुङ्ग्याउने गरी नेताहरु सकारात्मक प्रयासमा रहेको लोसपाका नेता केशव झाले जानकारी दिए। उनले भने, 'उहाँ (नेताहरु) सात घण्टादेखि निरन्तर छलफलमै हुनुहुन्छ। सिट बाँडफाँटको टुङ्गो लगाएर मात्रै फर्किनुहुन्छ।'

सत्ता गठबन्धनको सहयात्री दल जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि लोसपा गठबन्धनमा सहभागी भएको छ। छलफलमा कांग्रेसकातर्फबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरू सहभागी छन् भने लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु शरत्सिंह भण्डारी, अनिल झा, जितेन्द्र सोनाललगायत सहभागी छन्। 


प्रकाशित: Oct 08, 2022| 16:35 शनिबार, असोज २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...