बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • उम्मेदवार मनोनयनका लागि दुई दिन समय थप्‍न सकिँदैन : प्रमुख निर्वाचन आयुक्त

उम्मेदवार मनोनयनका लागि दुई दिन समय थप्‍न सकिँदैन : प्रमुख निर्वाचन आयुक्त

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारी मनोनयनको समय नसर्ने र थप समय दिन नसक्ने स्पष्ट पारेका छन्। प्रमुख आयुक्त थपलियाले शनिबार आयोजित पत्रकार सम्मेलनमा स्थानीय तह निर्वाचनको मनोनयन, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक पद्धतिको बन्द सूची बुझाउँदा जस्तै दुई दिन समय दिन नसक्ने बताए।
 |  शनिबार, असोज २२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २२, २०७९

काठमाडौं- निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारी मनोनयनको समय नसर्ने र थप समय दिन नसक्ने स्पष्ट पारेका छन्। प्रमुख आयुक्त थपलियाले शनिबार आयोजित पत्रकार सम्मेलनमा स्थानीय तह निर्वाचनको मनोनयन, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक पद्धतिको बन्द सूची बुझाउँदा जस्तै दुई दिन समय दिन नसक्ने बताए।

National life

आयोगले ३० वैशाखको स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयनको समय वैशाख ११ र १२ गते तोकेको थियो। त्यस्तै ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोजको २ र ३ गते समानुपातिकको बन्द सूची बुझाउने समय दिएको थियो। तर दुबै पटक दलहरुले पछिल्लो दिनको अन्तिम समयमा मात्र मनोनयन दर्ता र बन्द सूची बुझाउने काम गरेका थिए।

‘हामीले स्थानीय तह निर्वाचनमा वैशाख ११ र १२ गते भनेर समय दियौं, राजनीतिक दलहरुले ११ गतेको १० बजे भनेको १२ गतेको ४ बजे भनेर बुझिदिनुभयो, समानुपातिकको सूची बुझाउँदा पनि ३ गते ४ बजेपछि मात्र आउनुभयो’ प्रमुख आयुक्त थपलियाले भने, ‘यो तथ्य बुझेको निर्वाचन आयोगले फेरि त्यही गर्ने धृष्टता गरेन।’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ताको समय असोज २३ गते आइतबारलाई तोकिएको छ। तर देशभर वर्षा, बाढी, पहिरो र डुवानको समस्या देखिएपछि दलहरुले निर्वाचन कार्यक्रम सार्न वा मनोनयनको समय २ दिन राख्‍न आयोगलाई आग्रह गरेका छन्।

तर आयोगले निर्वाचन कानुनले प्राकृतिक विपत्तिका कारण मनोनयन पछि सार्न छुट नदिएको जवाफ दिएको छ। उम्मेदवार आफैं जान नसके प्रतिनिधि वा वारेसमार्फत पनि मनोनयन दर्ता गराउन सकिने थपलियाले बताए। ‘उम्मेदवारी दर्ताका लागि उम्मेदवारको भौतिक आवश्यकता कानुनले तोक्दैन’ उनले भने।

Shivam cement

प्रमुख निर्वाचन आयुक्त थपलियाले जित्ने उम्मेदवारलाई पराजित उम्मेदवारले खुसीका साथ माला लगाइदिने वातावरण बनाउन आग्रह गरेका छन्। आयोगद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षको सहयोग अपरिहार्य रहेको बताए।

'निर्वाचनलाई साँच्चै नै मर्यादित बनाउने हो। मत गणना र नतिजा प्राप्त भएपछि जित्ने उम्मेदवरलाई खुसीका साथ पराजित उम्मेदवारले माला लगाइदिने वातावरण बनाऔं। यसले लोकतन्त्र र आवधिक निर्वाचन सबैको उद्देश्य पूरा हुन्छ,' उनले भने।

मतदानको अधिकारलाई सुरक्षित राख्‍न र मतदानलाई कुनै पनि तरिकाबाट प्रभावित गर्नेहरूलाई कुनै पनि किसिमको दण्ड तथा कारबाहीका लागि आयोग तत्परताका साथ लागू गर्ने थपलियाले बताए। प्रमुख आयुक्त थपलियाले विभिन्न मतदानस्थलहरुमा सुरक्षा अवस्था हेरेर वर्गीकरण गरिएको बताए। आयोगले निर्वाचन केन्द्रको अवस्था हेरेर सामान्य, संवेदनशील र अति संवेदनशीलको रुपमा वर्गीकरण गरेको छ।

उनले निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि आयोग प्रतिबद्ध रहेको बताए। यस्तै, निर्वाचन खर्च सीमा पालनाको अनुगमन पनि गरिरहने र सञ्चारकर्मीहरलाई पनि सुक्ष्म रुपमा अनुगमन गरिदिन आग्रह गरे।



प्रकाशित: Oct 08, 2022| 16:18 शनिबार, असोज २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...