बिहीबार, असार ४, २०८३

ओलीको अहंकारले एमालेमा विद्रोह

एमालेका प्रभावशाली नेताहरु भीम रावल र घनश्याम भुसाललाई टिकट नदिने निधो गरेका ओलीको स्वच्छेचारिताविरुद्ध बोल्‍न सक्ने नेता सायद अब एमालेमा रहने छैनन्। ओलीले टिकट नदिने चाल पाएपछि एमालेकै प्रभावशाली नेताहरु अमृत बोहरा, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले चुनाव नलड्ने घोषणा गरे।
 |  शनिबार, असोज २२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २२, २०७९

काठमाडौं- २०७४ को संघ र प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग तालमेल गर्दै देशको सबैभन्दा ठूलो शक्ति बनेको नेकपा एमाले अहिले विभाजनको सिकार बनिरहेको छ। २०७४ को निर्वाचनमा माओवादीसँगको तालमेलले सकारात्मक परिणाम ल्याएपछि दुवै पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्‍यो। नेकपामा दुई अध्यक्ष हुने व्यवस्था गरियो, जसका एक अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाइयो।

National life

करिब दुई तिहाइ नजिकको सरकारका प्रधानमन्त्री र देशको 'सर्वशक्तिमान' पार्टी नेकपाका अध्यक्ष ओलीको अहंकारको धरहरा चुलिँदै गयो। उनले अरु राजनीतिक दलहरुलाई देख्‍न छोडे, आफूले गरेका गलत कदमको विरोध गर्नेलाई 'ठेगान लगाउने' रणनीति अंगाले र अधिनायकवादी चरित्र प्रस्तुत गरे, जुन धेरै दिन टिक्‍न सकेन। 

संसद्‌को एक कार्यकाल पूरा हुन करिब डेढ वर्ष बाँकी रहँदै ओलीले संसद्‌को असंवैधानिक विघटन गरे। एक पटक होइन, दुई-दुई पटक। पार्टीभित्रै उनको चर्को विरोध भयो। विरोधीलाई पाखा लगाउने रणनीति जबरजस्त रुपमा अँगाल्दै गए। अन्तत: सत्ताबाट बाहिरिनुपर्‍यो।

पार्टी विवाद चुलिएर नेकपा तीन टुक्रामा विभक्त हुनुपर्‍यो- नेकपा एमाले, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी। तर, ओलीको अभिमानको चुचुरो भने ढलेन। अहिले फेरि एमालेभित्रै विद्रोहको लहर सुरु भएको छ। उनी पार्टीको १० औं महाधिवेशनबाट नै आफूविरुद्ध उभिएकाहरुलाई कर्के आँखाले पनि हेर्न नसक्ने अवस्थामा पुगे। जसको परिणाम २०७९ वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनको परिणामले एमालेलाई दोस्रो दल बनाइदियो।  

प्रकाशित: Oct 08, 2022| 16:30 शनिबार, असोज २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...