काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनाव नलड्ने भएका छन्।
सापकोटाले सिंहदरबारस्थित संसद् सचिवालयमा पत्रकार सम्मेलन गरेर यो पटकको प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका हुन्।
‘मंसिर ४ को चुनाव म लड्दिन युवाहरुलाई अघि बढाउन मैले सहयोग गर्छु,’ शनिबार उनले पत्रकार सम्मेलनमा भने। उनलाई माओवादी केन्द्रले सिन्धुपाल्चोक १ बाट सिफारिस गरेको थियो। उनले आगामी दिनमा सक्रिय राजनीतिमा भने रहने तर यो पटकको चुनाव नलड्ने बताए।