बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मेमेपोखरी ट्रेकिङ गएको थियो पाँचजनाको परिवार: एकको मृत्यु, एकजना बेपत्ता

मेमेपोखरी ट्रेकिङ गएको थियो पाँचजनाको परिवार: एकको मृत्यु, एकजना बेपत्ता

लमजुङको मेमेपोखरी घुम्न गएका एक जनाको मृत्यु भएको छ भने एक महिला सम्पर्कविहिन भएकी छिन्।
 |  शनिबार, असोज २२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २२, २०७९

काठमाडौं-  लमजुङको मेमेपोखरी घुम्न गएका एक जनाको मृत्यु भएको छ भने एक महिला सम्पर्कविहिन भएकी छिन्।

National life

सर्लाही लालबन्दीका २६ वर्षीय वुद्ध तामाङ अर्थात् दयासागर योन्जनको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले बताए।

मेमेपोखरी (४,८०० मि) घुम्न गएका पाँच जनामध्ये तामाङको लेक लागेर मृत्यु भएको र निजकी श्रीमती लमजुङको बेँसीसहर नगरपालिका–१० साँधुकी २४ वर्षीया शर्मिला तामाङ सम्पर्कविहीन रहेको उनले जानकारी दिए।। उनीहरुसहित पाँच जना उक्त स्थान घुम्न गएका थिए।

बाँकी तीनजना भेडीगोठमा बसिरहेका र उनीहरुको मौसममा आएको खराबीका कारण उद्धारमा कठिन भइरहेको प्रहरी नायब उपरीक्षक श्रीमलको भनाइ थियो। सम्पर्कविहीत भएकी सर्मिलाको खोजी गर्न प्रहरीको टोली गए पनि सो स्थानसम्म पुग्न सकेको छैन।

शर्मिलाका बुबा, आफ्नै भाइ र काकाको भाइ करिब चार हजार मिटर उचाइको च्यार्बो भन्ने ठाउँको भेडीगोठमा आएर बसेको उनीहरुले प्रहरीलाई जानकारी गराएका थिए। यही असोज १६ गते घुम्न गएका उनीहरुलाई उक्त स्थान पुग्न बेँसीसहरबाट तीन दिन लाग्छ। बास बस्नका लागि सल्लाहबमोजिम तीनजना अघि अघि हिँडेका र पछिपछि श्रीमान् र श्रीमती आएको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 08, 2022| 12:10 शनिबार, असोज २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।