बिहीबार, असार ४, २०८३

उम्मेदवारी दर्ताका लागि बाबुराम र प्रचण्ड सँगै गोरखा जाने

आसन्न निर्वाचनको उम्मेदवारी दर्ता गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई सँगै गोरखा जाने भएका छन्।
 |  शनिबार, असोज २२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २२, २०७९

काठमाडौं- आसन्न निर्वाचनको उम्मेदवारी दर्ता गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई सँगै गोरखा जाने भएका छन्।

National life

बाबुराम चुनाव नलड्ने भएपछि प्रचण्ड गोरखा २ बाट चुनाव लड्ने भएका हुन्। उनले गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराउँदैछन्। यसअघिको निर्वाचनमा गोरखा २ बाट बाबुराम भट्टराई निर्वाचित भएका थिए। उनले माओवादीका नारायणकाजी श्रेष्ठलाई हराएका थिए।

यसअघि माओवादीको चुनाव चिह्नबाट बाबुरामले प्रतिस्पर्धा गर्ने भनिएको थियो तर अन्तिम समयमा माओवादी अध्यक्ष प्रचण्डले अघिल्लो पटक आफू निर्वाचित भएको चितवन क्षेत्र नम्बर ३ छाडेर गोरखा २ रोजे।

माओवादीले अध्यक्ष प्रचण्डलाई गोरखा २ बाट प्रतिस्पर्धा गराउने भएपछि बाबुरामले ट्विट गर्दै प्रचण्ड गोरखाबाट चुनाव लड्नुमा ठूलो सांकेतिक महत्व रहेको भन्दै उनलाई ‘अन्तर हृदयदेखि स्वागत’ गरेको बताएका छन्।

निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ।

Shivam cement

प्रकाशित: Oct 08, 2022| 10:10 शनिबार, असोज २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...