मंगलबार, साउन १९, २०८३

समानुपातिकको २ करोड मतपत्र छपाइ सकियो

मतपत्र छपाइ सकेर प्याकिङका क्रममा रहेकाले १६५ निर्वाचन अधिकृतको कार्यालयमा पठाउने आयोगको तयारी छ।
 |  शनिबार, असोज २२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २२, २०७९

काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको मतपत्र छपाइको काम सकिएको जनाएको छ।

४ करोड बढी मतपत्र छपाइको काम सकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले बताए।

मतपत्र छपाइ सकेर प्याकिङका क्रममा रहेको र १ सय ६५ निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको उनको भनाइ छ।

आयोगले २३ असोजदेखि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताको काम सुरु गर्दै छ। २८ असोजदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु गर्ने आयोगको तयारी छ।

प्रकाशित: Oct 08, 2022| 13:10 शनिबार, असोज २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...