बिहीबार, असार ४, २०८३

गठबन्धनमा १९ सिट पाएको नेकपा एसका यी हुन् उम्मेदवार

पाँच दलीय गठबन्धनको एउटा घटक नेकपा एकीकृत समाजवादीले गठबन्धनका बीचमा सिट बाँडफाँट टुंगो लागेसँगै आफ्नो भागमा परेको प्रतिनिधिसभाका १९ सिटमा उम्मेदवार तय गरेको छ।
 |  शनिबार, असोज २२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २२, २०७९

काठमाडौं- पाँच दलीय गठबन्धनको एउटा घटक नेकपा एकीकृत समाजवादीले गठबन्धनका बीचमा सिट बाँडफाँट टुंगो लागेसँगै आफ्नो भागमा परेको प्रतिनिधिसभाका १९ सिटमा उम्मेदवार तय गरेको छ।

National life

प्रदेश १ बाट एकीकृत समाजवादीको भागमा परेको इलाम १ मा झलनाथ खनाल, उदयपुर २ मा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

मधेश प्रदेशमा रौतहट १ मा पार्टी अध्यक्ष माधवकुमार नेपाल, बारा ४ मा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानलाई उम्मेदवार बनाउने भएको छ।

बागमती प्रदेशबाट काठमाडौं ८ मा जीवनराम श्रेष्ठ, ललितपुर २ मा कृष्णलाल महर्जन, धादिङ १ मा राजेन्द्रप्रसाद पाण्डे, मकवानपुर २ मा विरोध खतिवडालाई उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीले जनाएको छ।

गण्डकी प्रदेशमा कास्की २ बाट श्रीनाथ बराललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। लुम्बिनी प्रदेशमा गुल्मी २ मा रामकुमारी झाँक्री, पाल्पा २ मा सोमप्रसाद पाण्डे, रुपन्देही २ मा राजु गुरुङ, दाङ १ मा मेटमणि चौधरीलाई उम्मेदवार बनाउने निर्णय नेकपा एसले गरेको छ।

Shivam cement

कर्णाली प्रदेशबाट सल्यानमा प्रकाश ज्वाला, डोल्पामा धनबहादुर बुढा र दैलेख १ मा अम्बरबहादुर थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

त्यस्तै सुदूरपश्चिमबाट अछाम १ मा शेरबहादुर कुँवर, बझाङमा भानुभक्त जोशी र डोटीमा प्रेम आलेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

प्रकाशित: Oct 08, 2022| 07:20 शनिबार, असोज २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...