मंगलबार, साउन १९, २०८३

बाबुराम ब्याक भएपछि प्रचण्डले रोजे गोरखा-२

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने भएका छन्।
 |  शुक्रबार, असोज २१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २१, २०७९

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने भएका छन्।

शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादीको पदाधिकारी बैठकले उनलाई गोरखाबाट उठाउने निर्णय गरेको हो।

प्रचण्डले चितवन ३ बाट उम्मेदवार हुने भन्दै केही समयदेखि तयारी पनि गरेका थिए। उनले हालै चितवनमा घरसमेत बनाएका थिए। तर गोरखाबाट निर्वाचन लड्न सुझाव आएपछि उनी उक्त क्षेत्रमा सरेका हुन्।

गोरखा २ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई निर्वाचित भएको क्षेत्र हो। २०७४ सालको निर्वाचनमा भट्टराईले माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए।

यस पटक भने भट्टराईले आफू प्रतिनिधि सभामा उम्मेदवार नहुने घोषणा गरेका छन्।

दाहाल २०७४ को निर्वाचनमा चितवन ३ बाट निर्वाचित भएका थिए। त्यतिबेला नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बनेका थिए।

त्यस्तै २०६४ सालको पहिलो संविधानसभा चुनावमा दाहाल काठमाडौं क्षेत्र नम्बर १० र रोल्पा २ बाट निर्वाचित भएका थिए। तर ०७० सालको दोस्रो संविधानसभा चुनावमा दाहाल सिरहा ५ र काठमाडौं १० बाट उम्मेदवार बनेका थिए। उनी काठमाडौं १० मा पराजित भएका थिए।

प्रकाशित: Oct 07, 2022| 22:07 शुक्रबार, असोज २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...