मंगलबार, साउन १९, २०८३

जसपा बाहिरिएपछि सत्ता गठबन्धनको बैठकमा भित्रियो लोसपा

सत्तारुढ गठबन्धनको बालुवाटारमा बसेको बैठक छोडेर जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव बालकोट पुगेपछि गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई भित्र्याएका छन्।
 |  शुक्रबार, असोज २१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २१, २०७९

काठमाडौं- सत्तारुढ गठबन्धनको बालुवाटारमा बसेको बैठक छोडेर जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव बालकोट पुगेपछि गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई भित्र्याएका छन्। 

जसपा अध्यक्ष यादव शुक्रबार बालुवाटारमा बसिरहेको बैठक छोडेर नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए।  जसपा बाहिरिएपछि गठबन्धनमा तालमेल जुटाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बैठकमा प्रवेश गरेको छ।  

बालुवाटार स्रोतका अनुसार जसपाले गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गर्ने भएपछि सत्तारुढ गठबन्धनले लोसपालाई बैठकमा सहभागी गराएको हो।

लोसपाका एक नेताका अनुसार बालुवाटार बैठकमा नेताहरू शरतसिंह भण्डारी, अनिल झा, जितेन्द्र सोनाललगायतका नेताहरू सहभागी छन्।

जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरू भने बिहीबार साँझदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूसँग चुनावी तालमेलका लागि छलफलमा थिए। शुक्रबार पनि जसपा नेताहरु एमालेसँग छलफलमा छन्।

जसपाले सत्ता गठबन्धनबाट सम्मानजनक सिट प्राप्त गर्न नसकेको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो। जसपालाई नेकपा एमालेले २२ सिटसम्म दिन सकिने जनाएको छ। 

प्रकाशित: Oct 07, 2022| 14:33 शुक्रबार, असोज २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...