मंगलबार, साउन १९, २०८३

उम्मेदवारी दर्ताको समय परेकाले कांग्रेसले चियापान नगर्ने

नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूणिर्माका दिन आयोजना गर्दै आएको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम यस वर्ष भने नगर्ने भएको छ।
 |  शुक्रबार, असोज २१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २१, २०७९

काठमाडौं- नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूणिर्माका दिन आयोजना गर्दै आएको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम यस वर्ष भने नगर्ने भएको छ।

यस वर्ष कोजाग्रत पूणिर्माकै दिन आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय परेका कारण कांग्रेसले चियापान कार्यक्रम नगर्ने भएको हो। 

नेताहरु उम्मेदवारी दर्तामा व्यस्त रहने हुँदा कांग्रेसले चियापान कार्यक्रम नगर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए।

२०३३ सालमा बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूणिर्माको दिन चियापान कार्यक्रम गरी शुभकामना आदान-प्रदान गर्दै आएको छ।

प्रकाशित: Oct 07, 2022| 13:25 शुक्रबार, असोज २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...