शनिबार, चैत १४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • साफ च्याम्पियनसिपमा नेपाल र भुटान भिड्दै : दुबै टिमलाई जित्नै पर्ने दबाब

साफ च्याम्पियनसिपमा नेपाल र भुटान भिड्दै : दुबै टिमलाई जित्नै पर्ने दबाब

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- साफ च्याम्पियनसिपको पहिलो खेल गुमाएको नेपाल आज भुटानसंग भिड्दैछ । नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे ढाकाको बङ्गबन्धु नेशनल स्टेडियममा हुने खेलमा दुबैटोली जितको खोजीमा हुनेछन् । 

समूह ‘ए’ मा रहेको नेपाल र भुटानले पहिलो खेल गुमाएका कारण अघिल्लो चरण प्रवेशका लागि आज दुवै टोलीलाई जित्नै पर्ने दबाब छ । साफ च्याम्पियनसिपमा पहिलो उपाधि जित्ने लक्ष्यसाथ बंगलादेश पुगेको नेपाली टोली मंगलबार पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । 

रक्षापंक्तिले गरेको गल्तीका कारण पाकिस्तानविरुद्ध २-१ को नतिजा बेहोरेको नेपाललाई सेमिफाइनलमा स्थान बनाउन अबका दुवै खेल जित्नैपर्ने हुन्छ। 

भारतसँग २-० को नतिजा सुम्पिएपछि भुटान पनि ठीक नेपालको जस्तै अवस्थामा छ। नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जन पनि जितको विकल्प नरहेको स्विकार्छन्। आजको खेलमा जीत निकाल्ने संकल्पका साथ खेलाडीहरु मैदान छिर्ने उनको भनाइ छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।