सोमबार, मंसिर ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • खेलकुद पत्रकार मञ्‍च र कोरिया स्पोर्टस् प्रेसबीच सम्झौतापत्रमा हस्ताक्षर

खेलकुद पत्रकार मञ्‍च र कोरिया स्पोर्टस् प्रेसबीच सम्झौतापत्रमा हस्ताक्षर

नेपाल खेलकुद पत्रकार मञ्‍च (एनएसजेएफ) र कोरिया स्पोर्टस प्रेस युनियन (केएसपीयू ) बीच खेलकुद पत्रकारिताको विकास र खेलकुद पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
 |  बिहीबार, असोज २०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २०, २०७९

रोम - नेपाल खेलकुद पत्रकार मञ्‍च (एनएसजेएफ) र कोरिया स्पोर्टस प्रेस युनियन (केएसपीयू ) बीच खेलकुद पत्रकारिताको विकास र खेलकुद पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

National life

इटालीको रोममा सम्पन्‍न अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ एआइपीएसको विश्व सम्मेलनको अवसरमा मञ्‍च र केएसपीयु बीच बुधवार सम्झौता भएको हो। 

सम्झौतामा मञ्‍चका तर्फबाट अध्यक्ष दुर्गानाथ सुबेदी र केएसपीयुका तर्फबाट अध्यक्ष जोङ को याङ ले हस्ताक्षर गरेका थिए। 

सम्झौता अनुसार केएसपीयूले मञ्‍चले एनएसजेएफ एकेडेमीमार्फत् गर्ने विभिन्‍न कार्यक्रम तथा सदस्यहरुको क्षमता अभिवृद्धि गर्न आयोजना गर्दै आएको प्रशिक्षण कार्यक्रममा आर्थिक तथा प्राविधिक सहयोग गर्नेछ। जस अन्तर्गत अनुसन्धान, प्रशिक्षण, छपाई तथा एक्सचेञ्ज प्रोगामहरु रहनेछन्। 

सम्झौता पत्रमा हस्ताक्षर गरेपछि मञ्‍चका अध्यक्ष दुर्गानाथ सुवेदीले भने, 'सम्झौता पछि मञ्‍चले आफ्नो सदस्यहरुको क्षमता अभिवृद्धिम थप कार्यक्रम गर्न मद्दत मिल्नेछ। हामीले सदस्यहरुलाई कोरियामा पठाएर समेत एक्सचेञ्‍ज प्रोगाम अन्तर्गत विशेष फाइदा लिनसक्ने विश्वास लिएका छौं।'

Laxmi sunrise bank
kumari

केएसपीयूका अध्यक्ष जोङले भने, 'मञ्‍चका गतिविधिबाट हामी पहिलेदेखि नै प्रभावित भएको हुनाले त्यस्ता कार्यक्रमलाई थप सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले यो सम्झौता गर्न मञ्‍चलाई नै रोजेका हौं।'

प्रकाशित: Oct 06, 2022| 13:30 बिहीबार, असोज २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।