बिहीबार, असार ४, २०८३

जनतान्त्रिक तराई मुक्ति मोर्चा राप्रपामा समाहित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनतान्त्रिक तराई मुक्ति मोर्चा पार्टीबीच एकता भएको छ। ९ बुँदे सहमति गरि जनतान्त्रिक तराई मुक्ति मोर्चा राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको राप्रपा प्रचार विभागले जानकारी दिएको छ।
 |  बुधबार, असोज १९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १९, २०७९
National life
Shivam cement

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनतान्त्रिक तराई मुक्ति मोर्चा पार्टीबीच एकता भएको छ। ९ बुँदे सहमति गरि जनतान्त्रिक तराई मुक्ति मोर्चा राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको राप्रपा प्रचार विभागले जानकारी दिएको छ। 

जतमुमोका राष्ट्रिय अध्यक्ष डा. मनोज कुमार झाको नेतृत्वमा रहेको मोर्चा राप्रपामा समाहित भएको हो। मोर्चासँगको सहमति पत्रमा राप्रपाको तर्फबाट वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले हस्ताक्षर गरेका छन्।

राप्रपा केन्द्रीय कार्यालयमा आयोजित हस्ताक्षर समारोहमा उपाध्यक्ष तामाङ, कोषाध्यक्ष निलकण्ठ काफ्ले, केन्द्रिय सदस्य राम नारायण साह (सुनिल) र मोर्चाका तर्फबाट अध्यक्ष डा. झा, जतमुमोका केन्द्रिय सचिवालय सदस्य श्रीमती नगीना कुमारी झा, केन्द्रिय सदस्य बुलन यादव, दया शंकर राउत (सानु जी), बिना मण्डल, दिपक कुमार सिंह लगायतको उपस्थिति रहको थियो।


प्रकाशित: Oct 05, 2022| 16:20 बुधबार, असोज १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...