मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन आयोगले तोक्यो प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता समयसीमा

निर्वाचन आयोगले तोक्यो प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता समयसीमा

मनोनयन पत्र दर्ता गर्न २३ असोज आइतबार बिहान १० देखि साँझ ५ बजेसम्म समय तोकिएको छ।
 |  मंगलबार, असोज १८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १८, २०७९

काठमाडौं– निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने समयावधि तोकेको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मनोनयन पत्र दर्ता गर्न २३ असोज आइतबार बिहान १० देखि साँझ ५ बजेसम्म समय तोकिएको छ।

प्रवक्ता पौडेलले सामाजिक सञ्जालमा लेख्दै यसबारे जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचनतर्फको मनोनयन पत्र दर्ता गर्ने दिन २३ असोज आइतबार बिहान १० देखि साँझ ५ बजेसम्म मात्र रहेको व्यहोरा सबैको जानकारीका लागि अनुरोध गर्दछु।’


प्रकाशित: Oct 04, 2022| 19:15 मंगलबार, असोज १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...