बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कारवाहीमा परेका कार्यकर्तालाई कांग्रेसले भन्यो : मंसिरको चुनाव जिताउन लाग्नू

कारवाहीमा परेका कार्यकर्तालाई कांग्रेसले भन्यो : मंसिरको चुनाव जिताउन लाग्नू

प्रमुख सत्तारुढ नेपाली कांग्रेसले यसअघि अनुशासन उलंघन गरेका र कारवाहीको प्रक्रियामा रहेका कार्यकर्तालाई मंसिर ४ मा हुने चुनावी अभियानमा होमिन अपिल गरेको छ।
 |  मंगलबार, असोज १८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १८, २०७९

काठमाडौं- प्रमुख सत्तारुढ नेपाली कांग्रेसले यसअघि अनुशासन उलंघन गरेका र कारवाहीको प्रक्रियामा रहेका कार्यकर्तालाई मंसिर ४ मा हुने चुनावी अभियानमा होमिन अपिल गरेको छ। 

National life

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले उक्त अपिल गर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्। 

'स्थानीय निर्वाचनका क्रममा अनुशासन उल्लंघन गरेका र कारवाहीको प्रकृयामा रहेका, कुनै कारणवश निष्क्रिय बसेका पार्टीका जो कोही सदस्यलाई मंसीर ४ को निर्वाचनमा पार्टीमा पूर्ववत सकृय भएर पार्टीको विजय अभियानमा सहभागी हुन यो बैठक अपील गर्दछ', पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'आगामी निर्वाचनमा पार्टीका एवं गठबन्धनका उम्मेदवारलाई विजय गराउन ब्यक्तिले निभाउने भूमिकाको आधारमा त्यस्ता सदस्यहरु उपरको कारवाहीको प्रकृयालाई तदनुकुल गर्ने गरि टुंगो गर्ने निर्णय यो बैठक गर्दछ।'

कांग्रेसले विगतमा गरेको गल्तीका आधारमा गरिएको कारवाहीलाई मंसिरमा हुने चुनावका खटिएको आधारमा फुकुवा गर्न सकिने पनि उल्लेख गरेको छ।  

प्रकाशित: Oct 04, 2022| 16:25 मंगलबार, असोज १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...