मंगलबार, साउन १९, २०८३

निर्वाचन पर्यवेक्षकले के-कस्ता गतिविधि गर्न पाउँदैनन्?

उमेदवारको समर्थन वा विरोध हुने गरी पर्यवेक्षकले निर्वाचन चिह्न अंकित ब्याज लगाउन वा अन्य कुनै माध्यमद्वारा प्रचारप्रसार वा प्रदर्शन गर्न नहुने आयोगले जनाएको छ।
 |  मंगलबार, असोज १८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १८, २०७९

काठमाडौं- निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षकका रूपमा सहभागी हुँदा राजनीतिक दल वा उमेदवारको समर्थन गर्न नहुने बताएको छ। उमेदवारको समर्थन वा विरोध हुने गरी पर्यवेक्षकले निर्वाचन चिह्न अंकित ब्याज लगाउन वा अन्य कुनै माध्यमद्वारा प्रचारप्रसार वा प्रदर्शन गर्न नहुने आयोगले जनाएको छ। 

आज एक सूचना जारी गर्दै आयोगले निर्वाचन अधिकृतबाट अन्तिम परिणाम घोषणा गर्नुअघि पर्यवेक्षकले उमेदवार विजयी भएको सूचना सम्प्रेषण गर्न वा गराउन नहुने  स्पष्ट पारेको छ। राजनीतिक दल, उमेदवार, कर्मचारी वा अन्य व्यक्तिसँग नगद वा जिन्सी वा उपहार वा अन्य कुनै सामान लेनदेन गर्न नहुने स्पष्ट पारेको छ। 

सुरक्षा संवेदनशील स्थानमा पर्यवेक्षण गर्न नहुने, निर्वाचनलाई प्रभावित पार्ने कुनै सूचना प्रवाह गर्न वा वक्तव्य दिन वा अवाञ्छित क्रियाकलाप गर्न नहुने आयोगले जनाएको छ। 


 

प्रकाशित: Oct 04, 2022| 14:20 मंगलबार, असोज १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...