मंगलबार, साउन १९, २०८३

एमाले अध्यक्ष ओली र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।
 |  सोमबार, असोज १७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १७, २०७९

काठमाडौं-  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।  

ओलीलाई भेट्न ठाकुर सोमबार दिउँसो बालकोट पुगेका हुन्। एमाले र लोसपाबीचको हुने भनिएको गठबन्धनले पूर्णता पाउन नसकेको भन्‍ने समाचारहरु आइरहेको समयमा भएको यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ। 

एमाले र लोसपाको मत जोड्दा पनि मधेसका ३२ वटै सिटमा पाँच दलीय गठबन्धन नै बलियो देखिएपछि यी दुई पार्टी बीचको तालमेल अप्ठेरोमा परेपछि गठबन्धन धरापमा परेको थियो। 

एकातिर लोसपाले मधेस प्रदेशका ३२ मध्ये कम्तिमा आधा सिट एमालेसँग मागेको भए पनि एमाले भने लोसपनालाई उक्त सिट दिन तयार छैन। 

अर्कोतिर त्यसरी गठबन्धन गर्दा पनि चुनाव नजितिने अवस्थामा तालमेल नै गर्ने कि नगर्ने भन्ने प्रश्‍न उठेको हो।

प्रकाशित: Oct 03, 2022| 18:23 सोमबार, असोज १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...