बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस केन्द्रीय सदस्य भट्टराई र यादवले लिए समानुपातिक सूचीबाट नाम फिर्ता

कांग्रेस केन्द्रीय सदस्य भट्टराई र यादवले लिए समानुपातिक सूचीबाट नाम फिर्ता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादवले समानुपातिक सुचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। दुवै केन्द्रीय सदस्य आफैँ निर्वाचन आयोगमा पुगेर आफ्नो नाम समानुपातिक सूचीबाट फिर्ता लिएका हुन्।
 |  सोमबार, असोज १७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १७, २०७९

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादवले समानुपातिक सुचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। दुवै केन्द्रीय सदस्य आफैँ निर्वाचन आयोगमा पुगेर आफ्नो नाम समानुपातिक सूचीबाट फिर्ता लिएका हुन्। 

National life

केन्द्रीय सदस्य भट्टराईको नाम कांग्रेसको समानुपातिक सुचीमा खस आर्य पुरुषतर्फ चौथो नम्बरमा थियो। पहिलो नम्बरमा प्रवक्ता डा. प्रकाशरण महत, दोश्रो नम्बरमा बसन्त भट्टराई, तेस्रो नम्बरमा केन्द्रीय सदस्य आनन्द ढुंगानाको नाम थियो। यादवको नाम पनि समानुपातिको पछिल्लो सूचीमा रहेका कारण फिर्ता लिएका हुन्। 

समानुपातिक प्रणालीतर्फ निर्वाचन आयोगमा पेस गरिएको उम्मेदवारको संशोधित बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा सोमबार मध्यान्ह १२ बजेसम्मका लागि समय दिइएको थियो। उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा सोमबार बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारले निवेदन दिने र आजै दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने कार्यक्रम छ। 

संशोधित सूची बुझाउने अन्तिम अवधि असोज १६ गतेसम्मका लागि दिइएको थियो। नेपाली कांग्रेसको समानुपातिक तर्फ खस आर्य पुरुष २ जना भन्दा बढि बन्ने संभावना छैन्। त्यही भएर भट्टराईले आफ्नो नाम फिर्ता लिएका हुन्। भट्टराई २०७४ सालमा प्रदेशसभा तर्फ उमेदवार बनेका थिए। तर उनी यतिबेलासम्म ससदमा प्रवेश भने पाएका छैनन्। यादव भने एक पटक प्रतिनिधिसभा सदस्य भइसकेका हुन्। उनी पनि २०७४ सालमा प्रदेशसभा तर्फ उमेदवार बनेका थिए।

प्रकाशित: Oct 03, 2022| 15:52 सोमबार, असोज १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...