काठमाडौं- मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी निर्वाचन स्थायित्व र समृद्धि ल्याउने गरी ऐतिहासिक बन्न सकोस् भन्ने कामना गरेका छन्।
वडादसैँको अवसरमा दिएको सन्देशमा पूर्वअध्यक्ष रेग्मीले निर्वाचनले राजनितिक दल र जनतालाई हाम्रा मान्छे होइन राम्रा मान्छे छान्ने र चुन्ने अवसर दिएकाले नवदुर्गा भवानीबाट त्यसका लागि सबैलाई सकारात्मक प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गरेका छन्।
पूर्वप्रधानन्यायाधीश रेग्मीले भनेका छन्, 'निर्वाचन भनेको मतदाताको हात माथि हुनु हो। मतदान गरे पछि पछुताउनुको कुनै अर्थ हुँदैन। अवको निर्वाचन उम्मेदवार र मतदाता दुवैको परीक्षण पनि हो।'
उनले बहुसांस्कृतिक विशेषतायुक्त नेपाली समाजमा मनाइँदै आएको विजयादशमीका अवसरमा सवै दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका हु्न्।