मंगलबार, साउन १९, २०८३

समानुपातिकको बन्दसूचीबाट माओवादीले हटायो महराको नाम

माओवादी केन्द्रले आइतबार बुझाएको अन्तिम बन्दसूचीमा महराको नाम हटाएको हो।
 |  सोमबार, असोज १७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १७, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रले समानुपातिकको बन्दसूचीबाट पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नाम हटाएको छ। माओवादी केन्द्रले आइतबार बुझाएको अन्तिम बन्दसूचीमा महराको नाम हटाएको हो।

यसअघि महराले समानुपातिक उम्मेदवार हुने घोषणा गरेका थिए। उनी २०७४ मा दाङबाट निर्वाचित भएका थिए। महराले हालसम्म २०४८ सहित चार वटा निर्वाचन जितिसकेका छन्।

उनी २०६३-६४ को अन्तरिम संसद् सदस्य थिए। उनी २०४८ र २०७० मा रोल्पा र २०७४ दाङबाट निर्वाचित भएका थिए।

महरा ६ पटक मन्त्री र एक पटक सभामुखसमेत भइसकेका छन्।

महराकी छोरी प्रगति महरा लुम्बिनी प्रदेशसभाका लागि समानुपातिक सांसद सिफारिस भएकी छन्।



प्रकाशित: Oct 03, 2022| 14:25 सोमबार, असोज १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...