काठमाडौं- आयोजक ज्ञानोदय बालबाटिका स्कुल रजत जयन्ती ज्ञान कार्निभल २०१८ मा ब्वाईज बास्केटबलमा बिजयी भएको छ।
ज्ञानोदयले श्रीदिवा स्कुललाई ३७–२५ अंकले पराजित गर्दै बिजयी भएको हो। ब्वाईज तर्फकै अर्को प्रतिस्पर्धामा एलआरआईले पुष्प सदनमाथी जित निकाल्यो।
एलआरआईले पुष्पसदनलाई ३८-३७ को झिनो अन्तरले पराजित गरेको हो। लिग कम नकआउटको आधारमा खेलाईएको प्रतियोगिताको गल्र्स तर्फको खेलमा श्रीदिवाले आयोजक ज्ञानोदयमाथी २४–२ को ठुलो अन्तरले पराजित गर्यो। यस्तै अर्को खेलमा ज्ञानोदयले सुदेशामाथी २६-१४ अंकको जित निकाल्यो।
ज्ञान कार्निभलको २५औं (रजत जयन्ती) बर्ष पुगेको अवसरमा आयोजना गरिएको बास्केटबल प्रतियोगिताको गल्र्स तर्फकै अर्को खेलमा मल्पी स्कुलले एलआरआईलाई २६-१३ अंकले पराजित गर्यो।
बास्केटबल प्रतियोगितामा छात्र तर्फ १२ र छात्रा तर्फ १० टिमको सहभागीता रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४