शुक्रबार, साउन १, २०८३

रियलको आरोपमाथि मिलानलाई कारबाही नहुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
स्पेन- इटालियन क्लब इन्टर मिलानमाथी लगाएको रियल मड्रिडको आरोपमाथि कारबाही नहुने फिफाले बताएको छ। क्रोएसियन मिडफिल्डर लुका मोड्रिचलाई अनुबन्ध गर्न अवैध दृष्टिकोण लगाएको भन्दै रियलले आरोप लगाएको थियो। 

२०१२ मा टोटनह्यामबाट रियल अनुबन्ध भएका मोड्रिचले रुस विश्वकपमा क्रोएसियाको नेतृत्वगर्दै फाइनल सम्म पुर्‍याउन महत्वपुर्ण योगदान दिएका थिए। सोही रुस विश्वकपको प्रदर्शन पछि उनी इटालियन क्लब मिलानको नजमा परेको थिए। अगस्टको सुरुवाती समयमा मिलानले मोड्रिचको एजेन्टसँग उनको प्रस्थानका लागि कुरा अघि सारेको खुलेको थियो।

यसै बिषयलाई लिएर रियलले मिलानमाथी आरोप लगाउदै फिफामा उजुरी गरेका थिए। तर, फिफाको अनुसन्धान पछि उक्त आरोप खारेज गरेका छन् । फिफा स्तान्तरण नियनका अनुसार कुनै पनि क्लब अर्को क्लबको अनुमति विना खेलाडीसँग संपर्क गर्न सक्छ। ताकी उ आफ्नो अनुबन्धको अन्तिम छ महिना सम्म किन नहोस् । ३२ बर्षीय मोड्रिचले २०१६ मा रियलसँग चार बर्षको सम्झौता नविकरण गरेका थिए। 

फिफा प्रवक्ताले भने, ‘यस बिषयको प्रारभिंक जाँच पछि हामी पुष्टि गर्न सक्छौ की सबुतका आधारमा कुनै अनुसन्धानात्मक कार्वाहि हुने छैन्।

यो सम्बन्धित क्लबहरुलाई सुशुचित गरिएको हो।’ अगस्टमा मिलानसँग जोडिएको उनको बिषयलाई लिएर मड्रिड अदक्ष्य फ्लोरेन्टिनो पेरेजले मिडफिल्डर मोड्रिचकालाई बेच्ने एक मात्र तरिका भएको बताएका थिए। जुन उनलाई अनुबन्ध गर्न चाहेमा क्लबले ७५० मिलियन युरो तिर्नु पर्नेछ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।