शनिबार, चैत १४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • साफ च्याम्पियनसिप : पहिलो खेल हारेपछि समूह चरणबाटै किन बाहिरिन्छ नेपाल?

साफ च्याम्पियनसिप : पहिलो खेल हारेपछि समूह चरणबाटै किन बाहिरिन्छ नेपाल?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोली साफ च्याम्पियनसिप खेल्न बंगलादेशको ढाकामा छ। अपेक्षाभन्दा बढी र कमजोर प्रदर्शन गर्दै आउनु साफ च्याम्पियनसिपमा नेपाली टोलीको नियतीजस्तै बनेको छ। 

यस पटकको ढाका यात्रा नेपाली फुटबल टोलीका लागि कस्तो रहला? नेपाल फुटबल समर्थकका लागि सबैभन्दा चासोको विषय हो। नेपाल साफ च्याम्पियनसिपको उपाधि जितेर स्वदेश फर्कला वा फेरि निराश भएर फर्कनुपर्ला। त्यो भने हामी नेपाली टोलीको छोटो साफ च्याम्पियनसिप इतिहासलाई हेरेरै अनुमान गर्न सक्छौं। 

२०११ र २०१३ को साफ च्याम्पियनसिपमा लगातार सेमिफाइनल पुग्नुबाहेक  अन्य प्रदर्शन बिर्सन लायक छ। नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपमा समूह चरणको पहिलो खेल गुमाउँदा समुह चरणनै पार गर्न नसकेको इतिहास छ।

१९९७ मा नेपालले साफ च्याम्पियनसिपमा आफ्नो पहिलो खेल पाकिस्तानसँग २-० ले पराजित भएपछि सुमुह चरण नै पार गर्न सकेन्। त्यस्तै २००३ मा बंगलादेशसँग १-० ले पराजित, २००५ मा भारतसँग २-१ ले पराजित, २००८ मा भारतसँगै ४-० ले पराजित र २०१५ मा श्रीलंकासँग १-० ले पराजित भएसँगै समूह चरणबाट बाहिरिएको थियो। 

१२ औं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल समूह चरणको पहिलो खेल पाकिस्तानसँग २-१ ले गुमाउन पुगेको छ। यदि यो बर्ष पहिलो खेल गुमाए पनि समूह चरण पार गरे नेपाले अर्को इतिहास रच्ने छ। 

साफमा नफापेको ढाका

बंगलादेशले तेस्रो पटकको साफ च्याम्पियनसिपमा आयोजना गर्दै छ। बंगलादेशले पहिलो पटक २००३ मा साफ च्याम्पियनसिपको आयोजना गरेको थियो।

त्यसपछि २००९ र हाल २०१८ को जारी साफ च्याम्पियनसिप। नेपाल बंगलादेशमा आयोजना गरिएका यसअघिका दुबै प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको थियो। २००३ मा बंगलादेशले आयोजना गरेको साफ च्याम्पियनसिपमा नेपालले समूह चरणमा एक मात्र खेल जित्दै बाहिरिएको थियो। 

यतिमात्र हैन बंगलादेशमा आयोजना भएका तिनवटै च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा जित हात पर्न सकेको छैन्। २००३ मा नेपाल आफ्नो पहिलो खेल  आयोक बंगलादेशसँग नै पराजित भएको थियो। जहाँ नेपाल बंगलादेशसँग १-० गोल अन्तरले पराजित भएको थियो। 

उक्त खेलमा बंशलादेशले खेलको ३० औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। तर पनि नोपलले कुनै गोल फर्काउन नसक्दा आफ्नो च्याम्पियनसिपको पहिलो खेल गुमाउन पुगेको थियो । त्यस्तै सोहि प्रतिोगिताको दोस्रोमा नेपाल भुटानसँग विजय भएको थियो। नेपालले भुटानलाई २-० ले पराजित गरेको थियो। 

नेपालको जितका लागि निरञ्जन रायमाझी र कुमार थापाले गोल गरेका थिए। तेस्रो खेलमा नेपाल माल्दिभ्ससँग पराजित हुदै समूह चरणबाट बाहिरियो। माल्दिप्ससँग नेपाल ३-२ ले पराजित भएको थियो।

२००९ मा बंगलादेशमा आयोजना भएको साफ च्याम्पियनसिपमा पनि नेपालले आफ्नो पहिलो खेलमा जित हात पार्न सकेन। तर, नेपालले माल्दिप्ससँग बराबरी खेलेको थियो। माल्दिप्ससँगको खेलमा नेपालका लागि जुमानु राईले गोल गर्दै १-१ को बराबरीमा ल्याएका थिए। 

दोस्रो खेलमा भारतसँग १-० ले पराजित हुदाँ तेस्रो खेलमा अफ्गानिस्तानसँग ३-० फराकिलो सिजत निकालेको थियो। उक्त खेलमा अनिल गुरुङले दुई तथा विजय गुरुङले एक गोल गरेका थिए । तर पनि नेपाल नकाउट चरणमा प्रवेश गर्न कसेन।

२०१८ मा फेरी तेस्रो पटक बंगलादेशले साफ च्याम्पियनसिपको आयोजना गर्दा नेपालले आफ्नो पहिलो खेल गुमाउन पुग्यो। जारी साफ च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसाग २-१ ले पराजित हुदै च्याम्पियनसिपमा दुखद शुरुवात गर्‍यो। तर, आफ्नो दोस्रो खेल नोपललले बिहिबार भुटानसँग खेल्दै छ। राउन्ड रोविन लिगपछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन्।

अहिले साफ सुजिकी कपका नाममा हुने प्रतियोगिता यसअघि साफ च्याम्पियनसिप र सुरुवातमा सार्क गोल्ड कपका नाममा आयोजना भएको थियो। २६ वर्ष लामो इतिहास बोकेको प्रतियोगिता १९९३ र १९९५ सार्क गोल्ड कप र १९९७ पछि साफ च्याम्पियनसिपका नाममा आयोजना हुँदै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।