शुक्रबार, साउन १, २०८३

सुजन र सुनिलको जोडी विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
ललितपुर- ललितपुर जिल्ला खेलकुद विकास समितिका सुजन खतिवडा तथा सुनिल योञ्जनको जोडी राष्ट्रिय खेलकुद परिषद्को ५५ औं बार्षिकोत्सव खेलकुद दिवसको अवसरमा आयोजित ब्याडमिन्टन पुरुष युगलको उपाधी जित्न सफल भएका छन्।

खतिवडा र योञ्जनको जोडीले राष्ट्रिय खेलकुद परिषद् खेलकुद बिज्ञान प्रतिष्ठानका तुलसी नारायण महर्जन र बिकास बिक्रम शाहको जोडीलाई २१–१९, २१–११ ले पराजित गर्दै जित हात पारेका हुन्। 

तेश्रो स्थानमा गत बर्षका बिजेता युवा तथा खेलकुद मन्त्रालयका लक्ष्मी प्रसाद भट्टराई र सागर सिग्देलको जोडी तथा केन्द्रका फणिन्द्र पौडेल र श्याम अधिकारीको जोडी रहे।

यस्तै महिला तर्फको उपाधी खेलकुद बिज्ञान प्रतिष्ठानकी रिता मैया प्रजापती र तालिम तथा प्रशिक्षण विभागकी रेखा बस्नेतको जोडीले हात पार्‍यो। 

प्रजापती र बस्नेतको जोडीले ललितपुर जिल्ला खेलकुद बिकास समितिका रिता चौलागाई र बिमला जोशीको जोडीलाई २१-१३ र २१-१२ ले पराजित गर्‍यो। केन्द्रका राधा श्रेष्ठ र सरस्वती केसी को जोडी र सिता अधिकारी र गुञ्जु गुरुङ्गको जोडीले तेश्रो स्थानमा चित्त बुझायो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।