शुक्रबार, वैशाख २६, २०८२

पुलिसको महिला टिमले पहिलो पटक क्रिकेट खेल्ने

नेपाल पुलिस क्लबले पनि विभागीय महिला सिनियर क्रिकेट टिम निर्माण गरेको छ। २३ वर्ष नपुगेका खेलाडीलाई स्थायी रुपमा राख्ने गरी र सिनियर खेलाडीलाई करारमा राख्ने गरी टिम निर्माण गरेको हो। पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेटका लागि टोली घोषणासमेत गरेको छ।
 |  बिहीबार, असोज १३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

vianetvianet

काठमाडौं– नेपाल पुलिस क्लबले पनि विभागीय महिला सिनियर क्रिकेट टिम निर्माण गरेको छ। २३ वर्ष नपुगेका खेलाडीलाई स्थायी रुपमा राख्ने गरी र सिनियर खेलाडीलाई करारमा राख्ने गरी टिम निर्माण गरेको हो। पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेटका लागि टोली घोषणासमेत गरेको छ।

triton college

पुरुषतर्फको घरेलु क्रिकेटमा भने पुलिस लामो समयदेखि नै बलियो टोलीका रुपमा स्थापित हुँदै आइरहेको छ। तर पुलिसले महिला टोली भने बनाएको थिएन। उसले सिनियर महिला टिम नै पहिलो पटक बनाएको हो । 

पुलिसले महिला नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्रीको कप्तानीमा नवौं राष्ट्रिय खेलकुदका लागि १४ सदस्यीय टिमको घोषणा गरेको छ।

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म पोखरामा आयोजना हुनेछ। यता पुरुष क्रिकेटको प्रतियोगिता भने समापन भइसकेको छ।

पुलिसले महिला टिम नबनाएको भए पनि एपीएफले भने यसअघि नै महिला टिम बनाइसकेको छ। जसले घरेलु प्रतियोगितामा लगातार उपाधि जितिरहेको छ। यससँगै नेपाल पुलिसको महिला टिम महिला क्रिकेटमा दोस्रो विभागीय टिम बनेको छ।

National life insurance

नेपाल पुलिस टिमः
रुबिना क्षेत्री (कप्तान), काजल श्रेष्ठ (विकेट किपर), अप्सरी वेगम, सबनम राई, संगिता राई, हिरन्मई राय, कविता जोशी, रेवती धामी, ईश्वरी विष्ट, लक्ष्मी साउद, कविता कुँवर, सम्झना खड्का , मनिषा उपाध्याय र शोभा रोकाय

मुख्य प्रशिक्षकः मन्जित श्रेष्ठ

प्रकाशित: Sep 29, 2022| 14:09 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।