मंगलबार, साउन १९, २०८३

सिट बाँडफाँट समितिको बैठक आज पनि बस्ने

प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटमा सहमति खोज्न आज पनि सत्ता गठबन्धनको बैठक बस्ने भएको छ।
 |  मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९

काठमाडौं- प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटमा सहमति खोज्न आज पनि सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। 

कार्यदलका कार्यालय सचिव केशवराज जोशीले आज बिहान ८ बजेदेखि पुनः बैठक बस्ने जानकारी दिए। उनले आजको बैठकमा पनि सिट बाँडफाँटको टुंगो लगाउने विषयमा छलफल हुने छ।

यही असोज १६ गतेभित्र सिट बाँडफाँट टुंगो लगाइसक्ने दाबी सत्ता गठबन्धनका नेताहरूले गरेका छन्। १९ गते दसैंको टीका र असोज २३ गते कोजाग्रत पूर्णिमाको दिन मनोनयन दर्ता हुने भएकाले त्यसअघि नै सिट बाँडफाँट टुंगो लगाउनु पर्ने बाध्यतामा नेताहरू रहेका छन्।

गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो। 

कार्यदललाई कुन दलले कुन-कुन क्षेत्रको कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिए पनि अझैसम्म टुंगो लाग्न सकेको छैन।

प्रकाशित: Sep 27, 2022| 08:46 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...