बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • काठमाडौं-७ बाट चुनाव लड्‍ने बताएकी अनुपाले छोडिन् विवेकशील साझा, नेपाली कांग्रेसमा प्रवेश

काठमाडौं-७ बाट चुनाव लड्‍ने बताएकी अनुपाले छोडिन् विवेकशील साझा, नेपाली कांग्रेसमा प्रवेश

करिब दुई दशक पत्रकारितामा संलग्न श्रेष्ठ पछिल्लो समय विवेकशील साझा पार्टीसँग आवद्ध थिइन्। केही समय अघिमात्रै उनले पार्टी परित्याग गरेकी थिइन्।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

काठमाडौं- विवेकशील साझा पार्टीबाट प्रतिनिधिसभाका लागि काठमाडौं क्षेत्र नम्बर-७ बाट उम्मेदवारी घोषणा गरेकी अनुपा श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गरेकी छन्। करिब दुई दशक पत्रकारितामा संलग्न श्रेष्ठ पछिल्लो समय विवेकशील साझा पार्टीसँग आवद्ध थिइन्। केही समय अघिमात्रै उनले पार्टी परित्याग गरेकी थिइन्।

National life

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार उनलाई कांग्रेसको सदस्यता दिएर पार्टीमा स्वागत गरेका हुन्। कांग्रेस पृष्ठभूमिकी श्रेष्ठ २०७२ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट विवेकशील साझा पार्टीबाट चुनाव लडेकी थिइन्। जसमा उनी तेस्रो भएकी थिइन्। 

यसपटक पनि आफू विवेकशील साझाबाट नै काठमाडौं-७ मा निर्वाचन लड्‍ने बताउँदै आएकी थिइन्। तर, सोमबार भिमसेनदास प्रधानको पहलमा कांग्रेस प्रवेश गरेकी हुन्। 

अन्तर्राष्ट्रिय महिला सञ्जाल (आइवार्ट) की अध्यक्ष श्रेष्ठले नेपाल टेलिभिजन र इमेज च्यानलमा धेरै वर्ष काम गरिन्। उनी नेपाल प्रेस युनियन इमेज च्यानल प्रतिष्ठानकी अध्यक्षसमेत थिइन्।

प्रकाशित: Sep 26, 2022| 21:02 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...