बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राप्रपामा समानुपातिक नाम टुंग्याउन पनि मतदान, राणासँग २ मतले पछि परे लोहनी

राप्रपामा समानुपातिक नाम टुंग्याउन पनि मतदान, राणासँग २ मतले पछि परे लोहनी

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा समानुपातिक सांसदका उम्मेदवारको नाम बुझाए पनि को एक नम्बर हुने विवाद भएपछि मदतान गरिएको हो।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

काठमाडौं- राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा समानुपातिक सांसदका उम्मेदवारको नाम बुझाए पनि को एक नम्बर हुने विवाद भएपछि मदतान गरिएको हो। राप्रपाको समानुपातिक सूचीमा एक नम्बरमा को रहने भन्‍ने विषयमा पूर्वअध्यक्षद्वय पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच विवाद थियो। 

National life

उक्त विवाद समाधानका लागि सोमबार मतदान गरिएको हो। दुबैले खस आर्य पुरुषतर्फ पहिलो नम्बरमा बस्‍न चाहेका थिए। पटक-पटक छलफल गर्दा पनि दुई नेताले आफ्नो नाम पहिलो नम्बरमा हुनुपर्ने अडान राखेपछि सोमबार कार्यसम्पादन समितिको बैठकमा गोग्य मतदान गरेको हो।

एक पदाधिकारीका अनुसार सोमबार विवाद टुंग्याउन भएको गोप्य मतदान गर्ने र दुबैले मतपरिणाम स्वीकार गर्ने बताएपछि मतदान गरिएको हो। ३१ सदस्यीय कार्यसम्पादन समितिको सोमबारको बैठकमा २४ जना मात्र उपस्थित थिए। राणा र लोहनी मतदानअघि नै बैठकबाट बाहिरिए भने अध्यक्ष लिङ्देनले मतदानमा भाग लिएनन्। बराबर मत आए मात्र आफूले मतदान गर्ने लिङ्देनले बताएका थिए।

सोमबार भएको गोप्य मतदानको परिणाम अनुसार राणाले २ मत बढीले बाजी मार्दै समानुपातिकको एक नम्बरमा रहने भएका छन्। राणाले ११ मत पाउँदा डा. लोहनीको ९ मत मात्र पाए।

प्रकाशित: Sep 26, 2022| 20:18 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...