बिहीबार, असार ४, २०८३

जसपाका प्रदेश उपाध्यक्ष र सचिव माओवादीमा प्रवेश

जनता समाजवादी पार्टी (जसपा)का लुम्बिनी प्रदेश उपाध्यक्ष र सचिवसहितका नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

बुटवल- जनता समाजवादी पार्टी (जसपा)का लुम्बिनी प्रदेश उपाध्यक्ष र सचिवसहितका नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

National life

सोमबार बुटवलमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटि र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बीच पार्टी एकीकरणको ब्यानरमा कार्यक्रम गरेका हुन्। जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष अतिउल्लाह खाँ, मुख्य सचिव यज्ञ पोखरेल, सचिव लक्ष्मी चौधरी, गीता श्रीवास्तव सचिवालय सदस्यहरु टोपबहादुर कार्की, गीता यादव लगायत १८ जना माओवादी प्रवेश गरेका हुन्।

ती नेताहरुलाई नेकपा माओवदी केन्द्र लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणी खनाल (बलदेव) ले स्वागत गरे। नेता कार्यकर्तालाई स्वागत गर्दै नेता बलदेवले कम्युनिष्ट पार्टीहरु जुट्दै गए सबैभन्दा ठूलो पार्टी निर्माण गर्न सकिने उल्लेख गरे। मओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले परिवर्तनका पक्षमा रहेकाहरु सबै माओवादीमा आउनेक्रम बढेको दाबी गरे।


प्रकाशित: Sep 26, 2022| 19:50 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...