शुक्रबार, साउन १, २०८३

रोनाल्डो प्रस्थानले रियललाई घाटा : मेस्सी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी–अर्जेन्टिना तथा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको युभेन्ट्स प्रस्थानले रियल मड्रिड कमजोर भएको बताएका छन् । रियल मड्रिडमा पुर्व प्रशिक्षक जिनेदिन जिदानसँग लगातार तीन च्याम्पियन्स लिग उपाधि जितेसँगै उनी ८८ मिलियन पाउण्डमा युभेन्ट्स पुगेका थिए ।

रियलले एथलेटिको मड्रिडसँग आफ्नो सुपर कपको उपाधि गुमाउन पुगेको थियो । तर, यस सिजनको ला लिगामा भने आफ्ना शुरुवाती तीन खेलमा जित हात परेकोछ । हाल रियलसँय नयाँ प्रशिक्षक जुलेन लोपेटेगुइ छन् । उनले रियलमा नियुक्ती भएसँगै स्पेनिस राष्ट्रिय टोलीको प्रशिक्षकबाट राजिनामा दिएका थिए ।

कटालुन्य रेडियोसँग कुरा गर्दै वास्तविक रोनाल्डो बाहिरिनुले रियल कमजोर बनेको छ भने हाल युभेन्ट्समा सुधार अएको मेस्सीले भने । 

‘रियल मड्रिड विश्वको सबैभन्दा राम्रो टिम मध्य एक हो । तर, रोनाल्डो बिना रियल त्यती राम्रो देखिदैन् र हाल च्याम्पियनस लिग जित्ने मध्यमा युभेन्ट्स एक बनेको छ ।’ उनले थपे, ‘मलाई आश्चर्याचकित पारे । मैले विश्वास गरेको थिएन की उनी रियल छोडेर युभेनट्स जाने छन् । उनलाई चाहने धेरै टिम थिए । तर, म आश्चर्यचकित भएपनि उनी एक राम्रो टिममा पुगेका छन् ।’

अब बार्सिलोनासँग च्याम्पियनस लिग जित्ने मौका रहेको मेस्सीले बताएका छन् । जसमा उनले बार्सामा रहेर चार पटक च्याम्पियनस लिग उपाधि जितेका छन् ।

उनले पछिल्लो पटक २०१५ मा च्याम्पियन्स लिग जितेका थिए । पछिल्ला तीन बर्ष लगातार क्कवार्टरफाइनलबाट बाहिरिएको बार्साका  लागि यो बर्ष राम्रो टिम भएकाले च्याम्पियनस लिग जित्न सक्ने मेस्सीको दावी छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।