शुक्रबार, साउन १, २०८३

साफ च्याम्पियनसिपमा नेपाल र पाकिस्तान भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-दक्षिण एसियाली राष्ट्रहरुबीचको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको उद्घाटन खेलमा आज नेपाल र पाकिस्तान भिड्दैछन् । 

साफ च्याम्पिनयसीपको १२औं संस्करण आजबाट बंगलादेशमा शुरु हुँदैछ । अहिले सम्म सेमिफाइलभन्दा अघि बढ्न नसकेको नेपालले यो पटक आफ्नो पहिलो खेलमा पाकिस्तानको सामना गर्दैछ । खेल नेपाली समय अनुसार पौने चार बजे हुनेछ ।

त्यसपछि नेपालले बिहिबार भुटान तथा शनिबार आयोजक बंगादेशको सामना गर्दैछ । सन् १९९३ मा सार्क गोल्डकपका नामले शुरु भएको यो प्रतियोगिता १९९७ मा नेपालमा आयोजना भएपछि साफ च्याम्पियनसिप बन्न पुगेको थियो । 

त्यसयता यो प्रतियोगिता साफ गोल्डकप, साफ कोकाकोला गोल्डकप हुदै साफ सुजुकी कपको नामले पनि चिनिन्छ । समूह ‘ए’ मा रहेको नेपालसँगै आयोजक राष्ट्र बंगलादेश, भुटान र पाकिस्तान रहेका छन् । नेपालले समूह चरणको आफ्नो दोस्रो खेल बिहीबार भुटानसँग खेल्दै छ । त्यस्तै तेस्रो खेल शनिबार बंगलादेशसँग खेल्नेछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।