शुक्रबार, जेठ १, २०८३

मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु, एक जना घाइते

झापाको मेचीनगर नगरपालिकामा शुक्रबार राति मोटरसाइकल एकापसमा जुध्दा दुई जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा परी एक घाइते भएका छन्।
 |  शनिबार, असोज ८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज ८, २०७९

बनियानी- झापाको मेचीनगर नगरपालिकामा शुक्रबार राति मोटरसाइकल एकापसमा जुध्दा दुई जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा परी एक घाइते भएका छन्।

National life

मेची राजमार्गअन्तर्गत मेचीनगर–१२ स्थित पिपलडाँगीमा शुक्रबार राति ११:२५ बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १-०१-०१४ र प ३३५० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र १-०१-०१४ प २६७८ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुवै चालकको मृत्यु भएको झापा जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा परी सख्त घाइते भएका प्र १-०१-०१४ प ३३५० नम्बरको मोरसाइकल चालक कनकाई-४ का ३८ वर्षीय कृष्णप्रसाद सिग्देल र प्र १-०१-०१४ प २६७८ नम्बरका मोटरसाइकल चालक अर्जुनधारा-४ का ४५ वर्षीय विष्णु थापाको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा आज राति १:३५ बजे मृत्यु भएको हो। 

उक्त दुर्घटनामा  मोटरसाइकल पछाडि सवार कनकाई-४ का ५३ वर्षीय रामबहादुर अधिकारीको टाउको, हात र खुट्टामा चोट लागेकाले उपचार भइरहेको  र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले  जनाएको छ।

प्रकाशित: Sep 24, 2022| 10:15 शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।