काठमाडौं- न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण चारपाङ्ग्रे सवारी साधनलाई आजबाट खुलामञ्चमा पार्किङ गर्न सकिने भएको छ।
यात्रुवाहक, मालवाहक तथा निजी सवारीलाई आजबाट खुलामञ्चमा पार्किङ गर्न सकिने ट्राफिक प्रहरीले जनाएको छ।
असोज ८ गते देखि फुलपातीसम्म यो व्यवस्था लागू गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको हो।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै कार्यालयले बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नभएसम्म ट्राफिक आइसलेण्ड राखिएको स्थानबाट डाइभर्शन गरी खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको जनाएको छ।
कार्यालयले चाडवाडमा दुर्घटनारहित यात्राका लागि शुभकामना व्यक्त गर्दै काठमाडौंको न्युरोड क्षेत्रमा हुने सवारी चापलाई कम गर्न यो व्यवस्था लागू जानकाी दिएको छ। ट्राफिक प्रहरीले तोकिएको मिति र समयसम्म धैर्य गरि ट्राफिक व्यवस्थापनमा सहयोग गरीदिन आग्रहसमेत गरेको छ।