शुक्रबार, साउन १, २०८३

नेपालको खराब प्रदर्शन : ५८ रन बनाउँदा ७ विकेट गुम्यो  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- एसिया कप छनोटका लागि भइरहेको खेलमा हङकङविरुद्ध नेपालले खराब प्रदर्शन गरेको छ । पहिलो ओभरमै ओपनर सुवास खकुरेललाई शुन्य रनमा गुमाएकाे नेपालले अत्यन्तै कमजोर प्रदर्शन गरिरहेको छ ।    

सुरुवात नै खराब गरेको नेपालले ३३ ओभर खेल्दा ७ विकेट गुमाएर ८१ रन बनाएको छ । ८ ओभरमा २३ रन बनाउदा नेपालको दोस्रो विकेट झरेको थियो । कप्तान पारस खड्का १४ रन बनाए आउट भएका हुन् । 

यस्तै १५ ओभर ५ बलमा ४४ रन बनाउदा नेपालले तस्रो विकेट गुमाएको छ । तेस्रो विकेटका रुपमा अनिल शाह आउट भए । उनी ४२ बल खेल्दै १५ रन जोडेर आउट भए । 

यसैगरि चौथो विकेटका रुपमा १२ रन बनाएर ज्ञानेन्द्र मल्ल आउट भए । १६ ओभर ३ बलमा नेपालले ४७ रन जोड्दा उनी आउट भएका हुन् । यस्तै दिपेन्द्रसिंह ऐरि २ रनमा आउट भए । नेपालले १७ ओभर ४ बल खेल्दै ५३ रन जोड्दा उनी आउट भएका हुन् ।

नेपालले २० ओभर ४ बल खेल्दा छैटौँ विकेट गुमाएको छ । ९ बल खेल्दै ७ रन बनाएर सागर पुन आउट भएका हुन् । २३ ओभर ५ बल खेल्दा नेपालले ७ विकेट गुमाएको छ । नेपालले ५८ रन बनाउँदा सोमपाल कामी सातौ विकेटका रुपमा शुन्य रन बनाएर आउट भएका हुन् ।

गति समाउन नसक्दा नेपालको खेल अत्यन्तै कमजोर देखिएको छ । शीर्ष दुईमा पर्न नेपालले हङकङलाई भारी अन्तरले हराउनुका साथै ओमानले यूएईलाई पनि त्यसरी नै हराउनुपर्छ ।

सहभागी ६ मध्ये आयोजक मलेसिया र सिंगापुर फाइनल होडबाट बाहिरिइसकेका छन्। बाँकी चार टिम फाइनल पुग्ने सम्भावना कायमै छ । तर कुनै पनि टिमले फाइनलमा स्थान सुरक्षित गरिसकेका छैनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।