बुधबार, मंसिर १०, २०८२

अस्थिर नेताको ट्याग लगाएकामा प्रचण्डको आक्रोश

एकथरी मान्छेहरूले आफूलाई सिद्धियोस् भनेर रातदिन धुप हाल्ने गरेको प्रचण्डको गुनासो।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई अस्थिरताको कारक मानिएकामा आक्रोश व्यक्त गरेका छन्। शुक्रबार अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को तेस्रो राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले एकथरी मान्छेहरूले प्रचण्ड सिद्धियोस् भनेर रातदिन धुप हाल्ने गरेको गुनासो गरे। उनले भने, ‘एकथरी मान्छेहरू रातदिन धुप हालेर बस्छन्, प्रचण्ड सिद्धियोस् भनेर। देशको अस्थिरताको कारक प्रचण्ड नै हो भनेर प्रचार गरेका छन्। यो माओवादीको वा प्रचण्डको व्यक्तिगत कुरा होइन। यो नेपाल र जनताको त्याग, तपस्या र बलिदानबाट  प्राप्त उपलब्धि उल्ट्याउने षड्यन्त्र नै हो।’  

जसले परिवर्तनको नेतृत्व गर्ने अवसर पायो, उसैमाथि निरन्तर प्रहार भएको भन्दै प्रचण्डले आपत्ति जनाए। प्रचण्डले भने, ‘हामीमाथि हुँदै नभएको झुटा आरोप किन लगाइन्छ? काल्पनिक र कपोकल्पित आरोप किन लगाइन्छ?’ केही समयअघि भारत भ्रमणमा जाँदासमेत यस्तै झुटा र कपोकल्पित प्रचार गरिएको प्रचण्डले दाबी गरे।

प्रकाशित: Sep 23, 2022| 14:24 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...