मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • हाम्रो नेपाल पार्टीको लौरो चुनाव चिह्‍न खारेजीको माग राख्दै आयोगमा उजुरी

हाम्रो नेपाल पार्टीको लौरो चुनाव चिह्‍न खारेजीको माग राख्दै आयोगमा उजुरी

हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिह्न खारेजीको माग गर्दै निर्वाचन आयोगमा आइतबार उजुरी परेको छ।
 |  आइतबार, असोज २, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २, २०७९

काठमाडौं– हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिह्न खारेजीको माग गर्दै निर्वाचन आयोगमा आइतबार उजुरी परेको छ। काठमाडौं क्षेत्र नम्बर ५ का लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका विजय कँडेल र क्षेत्र नम्बर ९ का स्वतन्त्र उम्मेदवार सुनिल रिजालले आयोगमा उजुरी दिएका हुन्। 

बालेन्द्र शाह लौरो चुनाव चिह्नबाट काठमाडौं महानगरको मेयरमा विजयी भएसँगै अनन्तराज घिमिरेले आफ्नो अध्यक्षतामा हाम्रो नेपाली पार्टी निर्वाचन आयोगमा दर्ता गरेका थिए। 

निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीलाई २०७९ असार २९ मा दल दर्ताको प्रमाणपत्र प्रदान गरेको थियो। आयोगको सूचीमा उक्त पार्टीको दार्ता नम्बर १८८ उल्लेख छ। 

पछिल्लो समय सुमन सायमीलगायतले हाम्रो नेपाल पार्टीले लौरो चुनाव चिह्न लिएर आफूहरु स्वतन्त्र भएको दाबी गर्दै जनतालाई झुक्याएको उम्मेदवारद्वयको दाबी छ। 

दलको रुपमा दर्ता भइसकेपछि स्वतन्त्र नरहने भएकाले हाम्रो नेपाल पार्टीले आफूलाई स्वतन्त्र भनेर दाबी गर्नु कानुनविपरीत क्रियाकलाप भएको काठमाडौं क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार विजय कँडेलले बताए।

‘पार्टीको नाममा दर्ता भइसकेको चिह्न कसरी स्वतन्त्र रह्यो?’ कँडेलले भने, ‘निर्वाचन आयोगले लौरो चुनाव चिह्न पार्टीलाई दिएपछि कसरी स्वतन्त्र भयो? लौरो चुनाव चिह्न नै विवादित भएपछि हाम्रो नेपाल पार्टीलाई अर्को चिन्ह दिनुपर्छ भन्ने हाम्रो माग हो।’

त्यस्तै, काठमाडौं क्षेत्र नम्बर ९ का स्वतन्त्र उमेदवार सुनिल रिजालले पनि पार्टी दर्ता गर्दा साझा चुनाव चिह्न भनेर दर्ता गरेको छैन भने उक्त चुनाव चिह्न स्वतन्त्रहरुको साझा तथा वैकल्पिक चिह्न भनेर जनमानसमा भ्रम छर्ने काम भएको भन्दै आपत्ति जनाएका छन्। उनले हाम्रो नेपाल पार्टीले जनतामा भ्रम छर्न लिएको लौरो चुनाव चिह्न खारेज गर्नुपर्ने बताएका छन्।

प्रकाशित: Sep 18, 2022| 18:23 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...